खेल

स्टयान्डर्ड चार्टर्डको लिभरपुलसँग १० वर्षे सहकार्य पूरा

काठमाडौं – स्टयान्डर्ड चार्टर्ड बैकले इङ्लिस फुटबलको शीर्ष क्लब लिभरपुलसँगको १० वर्षे सहकार्य पूरा गरेको छ।

मंगलबार स्टयान्डर्ड चार्टर्ड बैकले विज्ञप्ति जारी गर्दै सहकार्यको १० वर्ष उत्साहपूर्ण रहेको जनाएको हो। १०औं वर्षगाँठको अवसरमा बैँकले विभिन्न देशसहित नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाएको छ। जस अन्तर्गत पेनाल्टी सुटआउट लगाएका विभिन्न कार्यक्रम गरेको छ। उक्त कार्यक्रममा उपस्थित भएका प्रतिस्पर्धीलाई बैँकले विभिन्न लिभरपुल अंकित उपहार पनि प्रदान गरेको छ।

बैँकले पछिल्लो पटक २०१८ मा लिभरपुल क्लबसँग नयाँ सम्झौता गरेको थियो। उक्त सम्झौतापछि क्लबको सम्झौता २०२२/२३ सम्म लागू हुनेछ। लिभरपुलले यससँगै बैकसँग यति लामो सम्झौता गरेको दोस्रो पटक हो।सन् १८९२ मा स्थापना भएको इङ्लिस क्लब लिभरपुल जारी सिजनको प्रिमियर लिगको शीर्ष स्थानमा छ। आइतबार राति चिरपरिचित प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई २–० ले पराजित गरेको थियो। उक्त जितसँगै लिभरपुलले दोस्रो स्थानको साबिक च्याम्पियन म्याचेस्टर सिटी १६ अंकले पछि छ। जारी सिजन २२औं खेल खेलेको लिभरपुल अहिल सम्म अपराजित रहेको छ।

प्रकाशित: ८ माघ २०७६ ०१:५२ बुधबार

स्टयान्डर्ड_चार्टर्ड_बैक लिभरपुल