खेल

रियाललाई स्पेनिस सुपर कप

जेहाद – गोलकिपर थियाबाउट कोर्टोेइसको उत्कृष्ट प्रदर्शनमा रियाल मड्रिडले आइतबार सहरी प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दैैैै स्पेनिस सुपर कपको उपाधि जितेको छ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिँदा कोर्टोइस र एट्लेटिकोका गोलकिपर जान ओब्लाकले उत्कृष्ट बचाउ गरेका थिए। तर कोर्टोइसले पेनाल्टी सुटआउटमा थोमस पार्टेको प्रहार रोक्दै आफूलाई थप प्रमाणित गरे। यसअघि साउल निग्वेजको पेनाल्टी प्रहार भने पोस्टमा लागेर फर्किएको थियो। सर्जियो रामोसले पेनाल्टीलाई पोस्टको दिशा दिएसँगै रियाल मड्रिडले सिजनको पहिलो उपाधि पक्का गरेको थियो। रियाल मड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको भने यो ११औं पटक हो।

अतिरिक्त समयमा एट्लेटिकोले उपाधि पक्का गर्ने सुनौलो अवसर पाएको थियो। तर एट्लेटिकोका अल्भारो मोराटाले रियालका गोलकिपर कोर्टोइससँग वान भर्सेस वानमा बल अघि बढाउँदा फेड्रिको भाल्भार्डेले उनीमाथि पछाडिबाट खराब फाउल गर्दै जिनेदिन जिदानको टोलीको संकट टारेका थिए। भाल्भार्डे रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएका थिए। ‘यो गर्न हुने काम होइन र म अल्भारो मोराटासँग माफी माग्न चाहन्छु तर मसँग त्यो बाहेकको विकल्प थिएन,’ भाल्भार्डेले भने। ‘अल्भारो गोलको नजिक थिए र त्यो नै खेलको महत्वपूर्ण क्षण थियो,’ एट्लेटिकोका प्रशिक्षक डिएगो सिमोनीले भने, ‘उनलाई नलडाइएको भए त्यो गोल थियो तर मलाई थाहा छ त्यस्तै स्थितिमा विपक्षी खेलाडीले त्यही नै गर्छ।’

रियाल मड्रिडले यसअघि जिदानको प्रशिक्षणमा लगातार तीन पटक च्यापियन्स लिग, समान दुई पटक क्लब विश्वकप,  युइएफए सुपर कपको उपाधि जिताएका थिए।‘मैले खेलाडीका रूपमा धेरै उपाधि जितें र अहिले प्रशिक्षकको रूपमा,’ जिदानले भने, ‘तर म खेलाडीलाई बधाई दिन चाहन्छु। मिहिनेत ग-यो भने सफलता टाढा छैन।’ पेनाल्टी सुटआउटमा रियाल मड्रिडका कार्भाहल, रोड्रिगो, लुका मोडरिच  रामोसले गोल गर्दा एट्लेटिकोका केइरन ट्रिपरले मात्र गोल गरे। साउल निग्वेजको  प्रहार पोस्टमा लागेर फर्किएको थियो भने थोमसको प्रहार कोर्टोइसले विफल पारेका थिए।

रियालका गोलकिपर थियाबाउट कोर्टोइस र एट्लेटिकोका गोलकिपर जान ओब्लाकले उत्कृष्ट बचाउ गरेका थिए। तर कोर्टोइसले पेनाल्टी सुटआउटमा थोमस पार्टेको प्रहार रोक्दै आफूलाई थप प्रमाणित गरे।

प्रकाशित: २९ पुस २०७६ ०३:०४ मंगलबार

गोलकिपर पेनाल्टी