खेल

२०१९ विशेष वर्ष: कोहली

नयाँ दिल्ली – वेस्ट इन्डिजविरुद्धको एकदिवसीय शृंखला जितेसँगै भारतका कप्तान विराट कोहोलीले वर्ष २०१९ भारतीय क्रिकेटका लागि ‘विशेष वर्ष’ रहेको प्रतिक्रिया दिएका छन्। भारतले आइतबार तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा वेस्ट इन्डिजलाई ४ विकेटले हराउँदै तीन एकदिवसीय खेलको शृंखला २–१ ले जितेको हो।  कोहलीले ८५ रनको महत्वपूर्ण योगदान दिएका थिए।

कोहलीको टोलीले टेस्ट वरीयताको शीर्ष तथा एकदिवसीय वरीयताको दोस्रो स्थानमा बस्दै वर्ष २०१९ को सुखद अन्त्य गरेको हो। ‘जुलाईमा न्युजिल्यान्डविरुद्धको विश्वकप सेमिफाइनलमा हार्नुबाहेक अन्य पक्ष भने हाम्रा लागि सुखद रह्यो,’ कोहलीले भने, ‘हामी अझै आइसिसी एकदिवसीय विश्वकपको ट्रफी जित्ने प्रयास गर्नेछाैं। हामीले यो वर्ष गरेको प्रदर्शनबाट सन्तुष्ट छाैं।’

विश्व टेस्ट च्याम्पियनसिपमा भारत शीर्ष स्थानमा छ। भारतले वेस्ट इन्डिज, दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको टेस्ट शृंखला जितेको थियो। भारतले जनवरीबाट ५ मा श्रीलंकालाई तीन ट्वान्टी–२० शृंखलाका लागि आतिथ्य प्रदान गर्नेछ भने अस्ट्रेलियाविरुद्ध जनवरी १४ बाट तीन एकदिवसीय शृंखला खेल्नेछ। जनवरी अन्तिममा भारतले दुई टेस्ट, तीन एकदिवसीय र पाँच ट्वान्टी–२० शृंखलाका लागि न्युजिल्यान्डको भ्रमण गर्नेछ।

प्रकाशित: ८ पुस २०७६ ०१:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App