खेल

मिनुले जितिन् बक्सिङमा स्वर्ण

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालकी मिनु गुरुङले स्वर्ण पदक जितेकी छन्। उनले ५४ केजी समूहमा भारतकी  शिक्षालाई हराएकी हुन्।

सातदोबाटो स्थित कराँते हलमा भएको खेलमा उनले भारतीय खेलाडीलाई अंकको आधारमा हराएकी हुन्। आजै आजै भएको ४८ केजी तौल समूहको फाइनलमा नेपालकी ललिता महर्जनले रजत पदक सुरक्षित गरेकी छन्।

प्रकाशित: २३ मंसिर २०७६ ०९:२१ सोमबार

बक्सिङ साग स्वर्ण