खेल

५००० मिटर दौडमा नेपालले जित्यो स्वर्ण र कास्य

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को ५००० मिटर दौडमा नेपालले स्वर्ण र कास्य पदक जितेको छ। गोपीचन्द्र पार्कीले स्वर्ण र हरि रिमालले कास्य जितेका हुन्। पार्कीले निर्धारित दुरु १४ मिनेट ५४.२० सेकेन्डमा पुरा गरेका थिए।

खेलमा भारतका सुनील दवालले १४ मिनेट ५५.२१ सकेन्डमा दूरी पार गर्दै रजत पदक जितेका छन्।

 

 

प्रकाशित: २० मंसिर २०७६ ०४:४८ शुक्रबार

स्वर्ण दौड साग