पोखरा– १३औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिता अन्तर्गत बिहीबारदेखि सुरु भएको महिला भारोत्तोलन खेलाडी सन्जु चौधरीले ५९ केजी तौल समूहमा स्वर्ण पदक जितेकी छन्।
उनले स्न्याचमा ७४ केजी र क्लिन एण्ड जर्कमा ९७ केजी तौल उठाउँदै कुल १ सय ७१ केजी तौल लिफ्ट गर्दै स्वर्ण पदक जितेकी हुन्। महिला भारोत्तोलनमा यो पहिलो स्वर्ण पदक हो।
प्रकाशित: १९ मंसिर २०७६ ११:२२ बिहीबार