खेल

१३ औं सागमा नेपाललाई पहिलो स्वर्ण

दिल कुमार आले

काठमाडौं-  नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा पहिलो स्वर्ण जितेको छ। पुरूष एकल कातामा कराँतेका मण्डेकाजी श्रेष्ठले स्वर्ण जितेका हुन्। उनले २५.७२ अंक पाउँदा पाकिस्तानका खेलाडी निएमातुलिएहले २४.९२ अंक पाए।

यस अघि कराँतेको व्यक्तिगत कातामा महिलातर्फ चञ्चला दनुवारले रजत पदक जितेकी थिइन्। सागको दोस्रो दिन नेपालले एक स्वर्ण सहित एक रजत जितेको छ।

 

प्रकाशित: १६ मंसिर २०७६ ०५:३७ सोमबार

कराँते स्वर्ण