खेल

ब्याटिङमा फेरि कमजोर

काठमाडौ – ब्याटिङमा पुनः एक पटक कमजोर प्रदर्शन दोहो-याएसँगै नेपालले सोमबार एसिसी इमर्जिङ टिम्स एसिया कप २०१९ मा बंगलादेशलाई ८ विकेटको नतिजा सुम्पिएको छ।

यस हारसँगै नेपालको यात्रा समूहचरणमा सीमित बन्यो। ३ खेलमा २ अंक जोडेको नेपाल तेस्रो स्थानमा रह्यो। समान ३ खेलमा समान ४ अंक जोडेका बंगलादेश र भारत क्रमशः पहिलो र दोस्रो स्थानमा बस्दै अघिल्लो चरण प्रवेश गरे। हङकङ अंकविहीन बन्यो। पहिलो खेलमा भारतसँग ७ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा हहङकङलाई ४० रनले हराएको थियो।

नेपालले प्रस्तुत गरेको १ सय ३९ रनको लक्ष्य बंगलादेशले २४ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको थियो। पहिलो विकेटका लागि ओपनर मोहम्मद नाइम र सौम्य सरकारले ३४ रनको साझेदारीका साथ बंगलादेशलाई गतिलो सुरुआत दिने संकेत गरेका थिए। छैटांै ओभरको पाँचौं बलमा करण केसीले सौम्यलाई सन्दीप जोराबाट क्याच गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए।

१७ बल खेलेका सौम्यले १ छक्काको मद्दतमा ११ रन जोडे। दोस्रो विकेटका लागि नाइम र कप्तान नाजमुल हुसेन सान्टोले ७९ रनको साझेदारीका साथ बंगलादेशको इनिङ उकासेका थिए। ५६ बलमा ६ चौकाको मद्दतमा नाइमले ४५ रनको योगदान गर्दा सान्टोले ५६ बलमा ४ चौका र २ छक्काको मद्दतमा अविजित ५९ रनको योगदान गरेका थिए। सान्टोले तेस्रो विकेटका लागि यासिर अलीसँग अविजित २७ रनको साझेदारीका साथ बंगलादेशको सहज जित पक्का गरेका थिए। यासिरले १५ बलमा २ चौका र १ छक्काको मद्दतमा अविजित १८ रन जोडे।

यसअघि टस हारेर ब्याटिङका लागि उत्रिएको नेपाल ४४.३ ओभरमा मात्र १ सय ३८ रनमा सीमित भएको थियो। पहिलो विकेटका लागि कप्तान तथा ओपनर ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले ३३ रनको साझेदारीका साथ नेपाललाई सुखद सुरुआतको संकेत गरेका थिए। नेपालले सातांै ओभरको पाँचांै बलमा कुशल (१०) लाई पहिलो विकेटका रूपमा गुमाएको थियो। नवांै ओभरको अन्तिम बलमा ज्ञानेन्द्र पनि पवेलियन फर्किए।

२७ बलमा ४ चौका प्रहार गर्दै ज्ञानेन्द्रले २२ रन जोडे। त्यसपछि ब्याटिङका लागि आएका शरद भेषावकर (१), दीपेन्द्रसिह ऐरी (६), आरिफ शेख (११),पवन सर्राफ (९), सन्दीप जोरा (०) र विनोद भण्डारी (८)  पवेलियन फर्किएपछि नेपाल ८५–८ को कठिन स्थितिमा थियो। नवांै विकेटका लागि सोमपाल कामी र करण केसीले ५० रनको साझेदारीका साथ नेपालको इनिङ तेहेरो अंकमा पु¥याउन मद्दत गरेका थिए। सोमपालले ६३ बलमा ४ चौकाको मद्दतमा ३८ र करणले ४७ बलमा २ चौका र १ छक्काको मद्दतमा १८ रन जोडे। नवांै विकेटका लागि सोमपाल कामी र करण केसीले ५० रनको साझेदारीका साथ नेपालको इनिङ तेहेरो अंकमा पु¥याउन मद्दत गरेका थिए।

 

 

प्रकाशित: ३ मंसिर २०७६ ०२:१५ मंगलबार

ब्याटिङ प्रदर्शन