खेल

आयोजक टेबल टेनिसमा उपाधिनजिक

काठमाडौं – आयोजक मोडर्न इन्डियन स्कुल एमआइएस कप २०१९ को टेबलटेनिस छात्रछात्रा दुवै विधातर्फ उपाधि नजिक पुगेको छ। आइतबार भएको छात्र सेमिफाइनलमा मोडर्न इन्डियन स्कुलले स्वर्णिम स्कुललाई ३–० ले हराएको हो। त्यस्तै सैनिक आवासीय विद्यालयले पनि त्रियोग स्कुललाई ३–२ ले हराउँदै मोडर्न इन्डियन स्कुलसँगको फाइनल भेट पक्का गरेको हो।

यता छात्रातर्फ मोडर्न इन्डियन स्कुलले सैनिक आवासीय विद्यालयलाई ३–२ ले हराउँदै फाइनल प्रवेश गर्दा स्वर्णिमले पनि त्रियोगलाई ३–० ले हराउँदै उपाधिनजिक पुगेको हो।

त्यस्तै प्रतियोगिताअन्तर्गत फुटबलतर्फ सेन्ट जेभियर्स र सैनिक आवासीय विद्यालय अन्तिम ४ मा प्रवेश गरेका छन्। जेभियर्सले डिएभीलाई ४–० ले हराउँदै अन्तिम ४ मा प्रवेश गरेको हो भने सैनिक विद्यालयले मोडर्न इन्डियन स्कुलाई २–१ ले हराएको हो। सेमिफाइनल खेलहरू सोमबार हुनेछन्।

यता बास्केटबलतर्फ डिएभी र सैनिक आवासीय विद्यालय सेमिफाइनल प्रवेश गरे। डिएभीले मोडर्न इन्डियन स्कुललाई २६–२४ ले हराउँदा सैनिकले बेबिलोनलाई ४०–२० ले हराएको हो। उपत्यकाका विभिन्न १२ विद्यालयको सहभागिता रहेको प्रतियोगिता बुधबारसम्म सञ्चालन हुनेछ।
 

प्रकाशित: २ मंसिर २०७६ ०४:३१ सोमबार

मोडर्न_इन्डियन_स्कुल_एमआइएस_कप आयोजक टेबल_टेनिस