खेल

क्यानको प्रदेश तीन अध्यक्षमा बस्नेत

मकवानपुर - नेपाल क्रिकेट संघ(क्यान) प्रदेश–३ को विशेष साधारणसभा एवं अधिवेसनले नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार हेटौंडामा सम्पन्न सभाले क्रिकेट प्रशिक्षक राजु बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो। अध्यक्ष पदका प्रत्यासी क्रिकेट संघ ललितपुरका अध्यक्ष नरेश रानालाई ३ मत अन्तरले हराउँदै बस्नेत निर्वाचित भएका हुन्। रानाले १० मत पाउँदा काठमाडौंका बस्नेतले १३ मत पाउँदै अध्यक्ष पद सुरक्षित गरे।

समितिको उपाध्यक्षमा मकवानपुरका प्रेमबहादुर क्षेत्री सर्वसम्मत चयन भए भने सचिवमा नुवाकोटका दुर्गाराज पाठक र कोषाध्यक्षमा चितवनका अनिल अधिकारी निर्वाचित हुन सफल भए। सदस्यहरुमा महेश्वरी डंगोल र अजयवीर पाण्डे(काठमाडौं), सुदीप पिया र उमेश पिया(चितवन), रूपक रञ्जित(भक्तपुर), सुजन महर्जन(ललितपुर), अनुजमान श्रेष्ठ(नुवाकोट), प्रज्वल सापकोटा(नुवाकोट), राजु गुप्ता(मकवानपुर) चयन भएका छन्।

प्रदेश–३ का प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दल नेता ईन्द्रबहादुर बानियाँले भेलाको उद्घाटन गरेका थिए। प्रदेश–३ को ६ जिल्लाबाट २४ जना प्रतिनिधिमध्ये २३ जना मतदान प्रकृयामा सहभागी थिए भने एक जना प्रतिनिधि अनुपस्थित भए। यससँगै केन्द्रीय निर्वाचनका लागि प्रदेशको नेतृत्व निर्धारण भइसकेको छ। प्रदेश–६ मा भने सुर्खेत मात्र समिति जिल्ला रहेकाले पाँच नम्बर प्रदेशमा गाभेर निर्वाचन गरिएको थियो।

प्रकाशित: २२ भाद्र २०७६ ०३:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App