खेल

टेबलटेनिसका २० खेलाडी प्रारम्भिक छनोट

काठमाडौं– नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि टेबलटेनिसका २० खेलाडी प्रारम्भिक छनोटमा परेका छन्।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छनोट प्रतियोगिताबाट पुरुष÷महिलामा समान १०÷१० गरी २० खेलाडी छनोट गरिएको अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले जनाएका छन् । अब पुरुष र महिला दुवैतर्पm ५÷५ खेलाडी बाहिरिनेछन् । सागमा पुरुष÷महिलामा समान ५–५ गरी १० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । 

यसअघि महिलामा १६ र पुरुषमा १७ खेलाडीबाट पहिलो चरणको छनोट गरिएको हो । पहिलो चरणमा पुरुषतर्पm नेपाल प्रहरीका स्यान्टु श्रेष्ठ र विनेश खनिया, एपिएफका पुरुषोत्तम बज्राचार्य, शिवसुन्दर गोथे र सम्योग कपाली, प्रहरीका प्रदीप रोका र चन्दन शाही, त्रिभुवन आर्मीका कृष्ण थापामगर, प्रहरीका सुनील महर्जन र आर्मीका मणिकुमार लामा छनोट भएका छन् ।

महिलामा प्रहरीकी नविता श्रेष्ठ, आर्मीका स्वेच्छा नेम्वाङ, रविना महर्जन र दीक्षा तामाङ, प्रहरीकी एलिना महर्जन, एपिएफकी सेलिशा खड्गी, प्रहरीकी सोनु थापामगर, एपिएफकी सिक्का सुवाल, प्रदेश–१ की गीता भुजेल र आर्मीकी दीक्षा दाहाल छानिएका छन् । 

प्रकाशित: १६ भाद्र २०७६ ०२:५४ सोमबार

साग टेबलटेनिस खेलाडी_छनोट