खेल

पाहुनालाई जहाजमा व्यवस्था

योकोहामा – टोकियो ओलम्पिक आउन अब करिब एक वर्षको समय बाँकी  छ तर आयोजक कमिटीलाई भने प्रतियोगिता हेर्न आउने दर्शकलाई बसोवासको व्यवस्था कसरी मिलाउने भन्ने चिन्ताले सताएको छ।

टोकियोकामा तीव्र रूपमा नयाँ होटलहरु निर्माण भइरहे पनि ट्राभल एजेन्सीहरूले करिब १४ हजार कोठा अपुग हुने प्रतिवेदन सार्वजनिक गरेका थिए। स्थानीय अधिकारीहरूले समस्या समाधानका लागि टोकियो र योकोहामामा सुविधायुक्त पानीजहाज अस्थायी रूपमा राख्न सुझाव दिएका छन्। जापानकै सबैभन्दा ठूलो ट्राभल एजेन्सी जेटिबीले सो समयमा जाकुजी र थिएटरजस्ता सुविधा भएका जहाजको व्यवस्थापनको जिम्मा लिन तयार भएको जनाएको छ।जेटिबीले ओलम्पिक टिकटसँगै रुम प्याकेजको जिम्मा लिने तर टिकटको मूल्य महँगो हुने प्रस्ताव राखेको हो। एजेन्सीका अनुसार बाल्कोनी भएको कोठामा २ रातका लागि ओलम्पिक टिकटसहित  २० हजार यान मूल्य तोकिएको छ।

 जेटिबीका टोकियो २०२० प्रोजेक्टका प्रमुख मिनोरु कुजेले प्रतियोगिता दौरान पर्यटकका लागि कोठा अभाव हुने र त्यसका लागि आफूहरू जानकार भएको बताएका छन्।
‘हामीलाई कोठा अपुग हुने भन्ने थाहा छ। केही ग्राहकहरूले अहिलेबाटै हामीमार्फत जजाहमा कोठाको व्यवस्थापन गरिदन आग्रह गरिसकेका छन्,’ कुजेले भने, ‘तर उनीहरूको संख्या हामी अहिले नै बताउन भने सक्दैनांै।’

त्यस्तै आयोजक कमिटीले प्रतियोगितादौरान ‘९२८ क्याबिन एक्सप्लोरर ड्रिम सिप’ पश्चिमी टोकियोको कावासाकीमा राख्नेबारे छलफल भइरहेको बताएको छ। स्थानीय सरकारले पनि विभिन्न संस्थासँग यसबारे छलफल भइरहेको जनाएको छ। जापानमा होटल व्यवसायका लागि बनाइएको नियममा झ्यालबिनाको कोठामा प्रतिबन्ध लगाएको छ। तर स्वास्थ्य मन्त्रालयलले भने गत वर्ष झ्यालरहित कोठा भएका जहाजलाई विभिन्न प्रतियोगिता दौरान अनुमति दिएको थियो। विश्लेषकहरूले भने थोरै संख्याका जहाज पर्याप्त नहुने बताइसकेका छन्। ‘टोकियो तटमा भएका होटल प्रतियोगिता दौरान पर्याप्त हुनेमा दुबिधा छ,’ अक्टोवरमा मिजुहो अनुसन्धान केन्द्रले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको थियो।

 

प्रकाशित: ३ श्रावण २०७६ ०५:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App