खेल

भारोत्तोलन संघमा पुनः शाह

नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु। तस्बिरः नागरिक

काठमाडौं – काठमाडौं जिल्ला भारोत्तोलन संघको अध्यक्षमा पुनः बीजेन्द्रविक्रम शाह चयन भएका छन्। संघको तेस्रो साधारणसभा तथा अधिवेशनले शाहको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो।

संघको उपाध्यक्षमा रुकेश तण्डुकार र विपेन्द्र महर्जन छन्। सचिवमा अशोक शाही तथा कोषाध्यक्षमा रामेश्वर श्रेष्ठ छन्। सदस्यहरूमा अजय शाही, राकेश महर्जन, रुपक तण्डुकार, श्यामकृष्ण शाही छन्।

यस्तै संघको पहिलो बैठकले देवकुमार महर्जन, भोगेन्द्र मानन्धर, परमेश्वर जोशी र अनिता श्रेष्ठलाई संघको सदस्यमा मनोनीत गरेको छ। बैठकले सुनिललाल जोशी स्मृति भारोत्तोलन प्रतियोगिता साउनमा गर्ने पनि निर्णय गरेको छ।

 

प्रकाशित: २१ असार २०७६ १०:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App