खेल

भारतद्वारा अष्ट्रेलियासामु ३५३ रनको लक्ष्य प्रस्तुत, धवनको शतक

काठमाडौं– एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा भारतले अष्ट्रेलियासामु ३५३ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

लण्डनको द ओभल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर व्याटिङ रोजेको भारतले शिखर धवनको शतक मद्दतमा निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३५२ रनको योगफल बनायो। भारतका लागि धवनले १६ चौका प्रहार गर्दै सर्वाधिक ११७ रन बनाए। कप्तान विराट कोहलीले ८२, रोहित शर्माले ५७, हार्दिक पाण्ड्याले ४८, महेन्द्रसिंह धोनीले २७ रन जोडे। 

अष्ट्रेलियाका लागि मार्काेस स्टोनिसले २ विकेट लिए। पैट कमिन्स, नाथन कोटलर नाइल, मिसेल स्टार्कले १–१ विकेट लिए।

प्रकाशित: २६ जेष्ठ २०७६ १३:२२ आइतबार

विश्वकप_क्रिकेट भारत अष्ट्रेलिया