खेल

राष्ट्रिय बिच भलिबल पोखरा हुने

काठमाडौं – जेठको अन्तिममा साता पोखरमा नेपाल भलिबल संघको आयोजनामा छैटौं महिला तथा सातौं पुरुष राष्ट्रिय बिच भलिबल हुने भएको छ।नेपाल भलिबल संघले आइतबार पत्रकार सम्मेलनमार्पmत आफ्नो आयोजना र कास्की जिल्ला भलिबल संघको व्यवस्थापनमा जेठ २३ देखि २५ गतेसम्म सञ्चालन गर्ने जनाएको हो।

प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय क्लबले सहभागिता जनाउनेछन्। महिला र पुरुषतर्पm स्पर्धामा कुल ४० टोली रहने संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए। लिगकम नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा हरेक प्रदेश र विभागीय टोलीको २/२ टिम रहनेछ।

प्रतियोगिताको महिला र पुरुष विजेताले समान ३० हजार, दोस्रो हुने टोलीले २० हजार र तेस्रो हुने टोलीले १० हजार रुपैयाँ प्राप्त गर्ने संघले जनायो। यसै प्रतियोगिताबाट खेलाडी छनोट गरेर राष्ट्रिय टोलीको छनोट गरिने संघले जानकारी दियो।
वार्षिक क्यालेन्डरमा पनि समावेश भएको यो प्रतियोगिताबाट छनोट भएका खेलाडीले आगामी डिसेम्बरमा नेपालमा हुन लागेको १३औं दक्षिण एसियाली बिच भलिबलसमेत सहभागिता जनाउनेछन्। त्यसैले यो प्रतियोगिता सागको तयारी स्वरूप लिएको संघले जनाएको छ।

प्रकाशित: ३० वैशाख २०७६ ०३:५८ सोमबार

पोखरा भलिबल नेपाल_भलिबल_संघ