खेल

प्रि–क्वार्टर समीकरण पूरा

काठमाडौं – नेपाल विज्ञापन संघ आनको आयोजनामा जारी दोस्रो ‘नेपाल आइस आन फुटसल टुर्नामेन्ट’ मा  समूह ‘सी’ बाट शिलापत्र र जनता टिभी प्रि–क्वार्टरफाइनल पुगेका छन्। सानेपामा रहेको फिल्ड फुटसलमा बुधबार गोरखापत्र संस्थानले खेलाडी नपठाएपछि शिलापत्रले समूहविजेता बन्दै प्रि–क्वार्टरफाइनल स्थान सुरक्षित ग-यो।

पहिलो खेलमा शिलापत्रले जनता टिभीलाई ३–१ ले पराजित गर्दा एबिसी टिभीमाथि ५–० को जित निकाल्न सफल भयो। शिलापत्रसँग ३–१ ले पराजित भएको जनता टिभीले एबिसीलाई १–० ले पाख लगायो। यसै गरी जनता टिभीलाई पनि गोरखापत्र नखेलेपछि प्रि–क्र्वाटर पुग्न सहज भयो। समूह ‘डी’ बाट वेलकम एडभरटाइजिङ एन्ड मार्केटिङ र मुक्तिनाथ विकास बैंक अन्तिम १६ मा पुगे।

मुक्तिनाथ विकास बैंकलार्ई ७–१ ले पराजित गरेको वेलकमले मेडिसिटी अस्पताललाई १–० ले निराश बनाएको थियो। अन्तिम खेलमा वेलकमले अभानीमाथि ६–१ गोलअन्तरको जित निकाल्दै समूहविजेता बन्न सफल भयो। यसै गरी मुक्तिनाथ विकास बैंकले पहिलो खेलमा वेलकम मिडियासँग पराजित भए पनि दोस्रो खेलमा अभानीमाथि २–० को जित दर्ता ग-यो।

तेस्रो खेलमा मेडिसिटी अस्पतालको टिमलाई गोलरहित बराबरीमा रोक्दै अन्तिम  सोह्रमा पुग्न सफल भयो। प्रतियोगिताअन्तर्गत बिहीबार समूह ‘ए’ र ‘बी’ का खेल हुनेछन्। समूह ‘ए’ मा हिच हाइकर ट्राभल्स, सगरमाथा टिभी, सफ्ट नेप र सर्वोत्तम सिमेन्ट तथा समूह ‘बी’ मा भोग एड एन्ड इभेन्ट, बराह ज्वेलर्स, आउटरिच र म्याक्स मिडिया छन्।

प्रकाशित: २६ वैशाख २०७६ ०२:१२ बिहीबार

नेपाल_विज्ञापन_संघ आन_फुटसल गोरखापत्र_संस्थान