खेल

चन्द्रागिरि गोल्डकप आइतबारदेखि

काठमाडौँ– दीपशिखा युवा समूहको आयोजनामा दोस्रो संस्करणको चन्द्रागिरि गोल्डकप प्रतियोगिता यही वैशाख १५ गतेदेखि हुने भएको छ।

चन्द्रागिरीस्थित नैकाप खेल मैदानमा हुने उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहने आज आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक रमेश बुढाथोकीले जानकारी दिए। सहभागी टोलीमा आयोजक दीपशिखा युवा समूहसहित त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल (एपिएफ), जावलाखेल युथ क्लब, सरस्वती युथ क्लब, फेन्ड्रस क्लब, वीरगञ्ज युनाइटेड र च्यासल युथ क्लब छन्।

प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ तथा उपविजेता तीन लाख रुपैयाँ पाउनेछ। प्रत्येक खेलमा म्यान अफ द म्याच घोषित खेलाडीले पाँच हजार रुपैयाँ पाउनेछ।

प्रकाशित: १३ वैशाख २०७६ १०:१७ शुक्रबार

चन्द्रागिरि_गोल्डकप दोस्रो_संस्करण दीपशिखा_युवा_समूह