खेल

पाथीभरा राष्ट्रिय पुरुष भलिबल वैशाख तेस्रो साता

ताप्लेजुङ–तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता वैशाख तेस्रो सातादेखि ताप्लेजुङमा हुने भएको छ।

उक्त प्रतियोगिता यही वैशाख २२ देखि २६ गतेसम्म हुने छ। नेपाल भलिबल संघ र ताप्लेजुङ जिल्ला भलिबल संघको प्राविधिक सहयोग तथा मौवाखोला क्लब र न्यू पाथिभरा क्लबको सह आयोजनामा हुन लागेको प्रतियोगिता संयोजक दिवस चोङवाङले जानकारी दिए।

प्रतियोगितामा सात प्रदेश, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र विश्व विद्यालयको टोली सहभागी हुनेछ। प्रतियोगिताको विजेताले तीन लाख ५१ हजार ५०० रुपैयाँ, उप–विजेताले एक लाख ७६ हजार २५१ रुपैयाँ र सेमिफाइनलमा पराजित हुने दुवै टोलीले जनही ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

प्रतियोगिता ताप्लेजुङको मौवाखोला गाउँपालिका– ३ साघुस्थित नारायणी माविको खेल मैदानमा हुनेछ। रासस

प्रकाशित: १० वैशाख २०७६ ११:५८ मंगलबार

पाथीभरा_राष्ट्रिय_पुरुष_भलिबल ताप्लेजुङ नेपाल_भलिबल_संघ