खेल

शसस्त्र प्रहरीले पायो ५ स्वर्ण

विजेता खेलाडीलाई पुरस्कार प्रदान गरिदै

रुपन्देही - आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको बुटवलमा चलेको लन टेनिस खेलमा शशस्त्र प्रहरी बलको एपीएफ क्लबले ५ स्वर्ण हात पारेको छ। एपीएफले महिला एकल, महिला युगल, पुरुष युगल, मिश्रित युगल र पुरुष टिम गरि ५ ईभेन्टमा स्वर्ण हात पारेको हो।

प्रतियोगितामानेपाली सेनाले महिला टिम ईभेन्टतर्फ एकमात्र स्वर्ण तथा पहिलो पटक प्रतियोगितामा भाग लिएको एनआरएनले पुरुष एकलमा स्वर्ण हात पार्न सफल भयो। देविनगरस्थित लन टेनिस कोर्टमा सोमबार भएको पुरुष एकलको फाईनल खेलमा एनआरएनका संरक्षणभुषण बज्राचार्यले नेपाली सेनाका प्रनव खनाललाई ६–२, ६–२ को सोझो सेटमा पराजित गर्दै स्वर्ण आफनो पक्षमा पारे। नेपाली सेनाका प्रनव रजत पदकमा चित्त बुझाए। यसैगरि खेलमा एपीएफका सन्तोष खत्री, प्रदेश नं ४ का प्रदिप खड्का तृतिय हुदै कास्य पदक प्राप्त गरेका छन।

महिला एकलतर्फको फाईनल खेलमा एपीएफकी प्रेरणा कोईरालाले नेपाली सेनाका अभिलाषा विष्टलाई पराजित गर्दैै स्वर्ण जितिन। उनले फाईनल खेलमा ६–२, ६–० का सेटमा जित निकालेकी हुन। उपविजेता अभिलाषा विष्ट रजत पदकमा चित्त बुझाईन। खेलमा प्रदेश नं. ३ का रायना शाह र नेपाली सेनाकी ईरा रावत तृतिय हुदै कास्य पदक जितेका छन।

विजेता, उपविजेता खेलाडीहरुलाई नेकपा प्रदेश सचेतक भुमिश्वर ढकाल, नेपाल लन टेनिस संघका केन्द्रिय अध्यक्ष ज्योती राणा, बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री, रुपन्देही जिल्ला खेलकुद समितिका अध्यक्ष योग गुरुङ, र रुपन्देही लन टेनिस संघका सचिव गोपाल ज्ञवालीले पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए।

प्रकाशित: ३ वैशाख २०७६ ०२:३१ मंगलबार

आठौ_राष्ट्रिय_खेलकुद लन_टेनिस शशस्त्र_प्रहरी