खेल

लिभरपलुद्वारा पोर्टाे पराजित

काठमाडाैँ - युइएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले पोर्चुगिज क्लब एफसी पोर्टोमाथि सहज जित निकालेको छ। क्वार्टरफाईनलको पहिलो लेगको खेलमा लिभरपुलले एफसी पोर्टोलाई पराजित गरेको हो। एनफिल्डमा मंगलबार राति भएको खेलमा लिभरपुलले पोर्टोलाई २–० गोल अन्तरले हराएको छ।

लिभरपुलको जितमा नावी केइटा र रोबर्टो फिर्मिनोले गोल गरे। दुवै गोल पहिलो हाफमा सम्भव भएको हो। पहिलो हाफमा दुई गोल गर्दै लिभरपुलले क्वार्टरफाईनलको खेलमा आफुलाई बलियो बनाएको थियो। खेलको पाँचौ मिनेटमा नाबी केईटाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। २६ औ मिनेटमा रोबर्टो फिर्मिन्होले लिभरपुलको अग्रतालाई दोब्बर पारेका थिए।

पाहुना टोली पार्टोले समेत खेलमा अवसर सिर्जना गरेको थियो। तर फरवार्ड माउसा मारिगा त्यसलाई गोलमा परिणत गर्न चुकेका थिए।उनका प्रहारलाई लिभरपुलका गोलकिपर एलिसनले उत्कृष्ट ढङ्गले बचाउ गरेका थिए। यता पोर्टोलाई भने सेमिफाइनलमा स्थान बनाउन निश्चित जित आवश्यकता छ। ३–२ को जित अथावा २–२ को बराबरी गरे पोर्टोले खेल लम्ब्याउने छ। दोस्रो लेगमा १८ अप्रिलमा पोर्टोको मैदानमा हुनेछ।

 

प्रकाशित: २७ चैत्र २०७५ ०१:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App