खेल

अन्तर्राष्ट्रिय आमन्त्रण भलिबल हुने

चितवन – अन्तर्राष्ट्रिय आमन्त्रण मेयर कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। पञ्चरत्न युवा क्लबले फागुन २४ देखि २८ गतेसम्म भलिबल प्रतियोगिता सञ्चालन गर्न लागेको हो।

प्रतियोगितामा भारत, बंगलादेशबाट एक–एक टोली तथा नेपाल प्रहरी, नेपाली आर्मी, सशस्त्र प्रहरी बल, प्रदेश नम्बर ३, प्रदेश नम्बर ५ र आयोजक गरी कुल ८ टोलीको सहभागिता हुने क्लबका सचिव सन्तोष घिमिरेले जानकारी दिए। 

प्रतियोगिताको विजेताले ट्रफीसहित ३ लाख र उपविजेताले ट्रफीसहित १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ। स्पाइकर, सेटर, डिफेन्स, सर्भर, कोचतर्फ उत्कृष्ट हुनेलाई पाँच हजार र  प्रतियोगिताभरका उत्कृष्ट खेलाडीलाई ७ हजार रुपैयाँ पुरस्कार दिइने घिमिरेले बताए।

रत्ननगर नगरपालिक वडा नम्बर १० मा रहेको वैरिया माध्यामिक विद्यालयको चौरमा प्रतियोगिता आयोजना हुनेछ। प्रतियोगितामा भलिबलतर्फ जिल्लाकै सर्वाधिक पुरस्कार राशिको व्यवस्था गरिएको क्लबको दाबी छ। 

 

प्रकाशित: १३ चैत्र २०७५ ००:०३ बुधबार

चितवन मेयर_कप भलिबल पञ्चरत्न_युवा_क्लब