खेल

सिर्जनालाई लालीगुराँस कप

काठमाडौं - दोस्रो लालीगुराँस कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि सिर्जना ज्ञानसागर स्कुलले जितेको छ।तारकेश्वर–२ ढकालटारस्थित आयोजक लालीगुराँस विद्यासदनको खेलमैदानमा शनिबार भएको फाइनलमा सिर्जना ज्ञानसागरले पिसल्यान्ड स्कुललाई १–० ले पराजित गर्यो। सिर्जना ज्ञानसागरको जितमा पहिलो हाफको १८औं मिनेटमा सुजन पाण्डेले हेडमार्फत निर्णायक गोल गरे ।

प्रतियोगितामा काठमाडौं शिक्षालयका सुजन लामा उत्कृष्ट खेलाडी घोषित भए । पिसल्यान्डका प्रदीप गुरुङ बेस्ट गोलकिपर, ब्राइट हेभनका दावा लामा बेस्ट डिफेन्स, सिर्जना ज्ञानसागरका दिवेश अधिकारी बेस्ट मिडफिल्ड र हिमरश्मिका आशिष तामाङ हाइस्कोरर बने। 

फेयर प्लेको उपाधि काठमाडौं शिक्षालयले प्राप्त गर्यो। विजेतालाई तारकेश्वर नगरपालिकाकी उपप्रमुख भवानी डोटेल, सिर्जना ज्ञानसागरका प्रिन्सिपल राजेन्द्रप्रसाद पराजुली र आयोजक स्कुलका प्रिन्सिपल उमेशबहादुर श्रेष्ठलगायतले पुरस्कृत गरे। 

प्रकाशित: २६ फाल्गुन २०७५ ०२:४१ आइतबार

दोस्रो_लालीगुराँस_कप अन्तरविद्यालय छात्र_फुटबल