खेल

ब्राइटनले जित्दा एन्थोनीको गोल निर्णायक

लन्डन - एन्थोनी नकाइर्टको निर्णायक गोलप्रेरित ब्राइटनले शनिबार क्रिस्टल प्यालेसमाथि २–१ को जित निकाल्दै इङ्लिस प्रिमियर लिगको रेलिगेसन क्षेत्रभन्दा चार स्थान माथि उक्लिएको छ।

उसैको घरेलु मैदान सेलहस्र्ट पार्कमा प्यालेसलाई स्तब्ध बनाउँदै बाइटन रेलिगेसन क्षेत्रभन्दा चार स्थान माथि उक्लिएको हो । क्रिस हजटनको क्लब ब्राइटनले ग्लेन मुरेको सुरुआती गोलबाट अग्रता लिए पनि लुका मिलिभोजेभिकले गोल फर्काउँदै प्यालेसलाई बराबरीको स्थितिमा पुर्याए । नकाइर्टले फर्काएको गोल जितका लागि निर्णायक बनेपछि ब्राइटनले प्यालेससँग अंक बराबरीसमेत गयो ।
गत डिसेम्बरमा प्यालेसलाई नै हराउँदै सन् २००५ मा पछि सेलहस्र्ट पार्कमा पहिलो जित निकालेको ब्राइटनले शनिबार पनि जित दोहाेर्यायो । यससँगै ब्राइटनले सन् १९८३–८४ पछि पहिलो पटक प्यालेसमाथि एकै सिजनको लिगमा दोहोरो सफलता प्राप्त गर्यो । क्रिस्टलविरुद्ध जित निकाल्दै ब्राइटनले आगामी हप्ता एफए कपअन्तर्गत क्वार्टरफाइनल खेलमा मिलवाललाई समेत चुनौती प्रस्तुत गर्नेछ।

खेलको १९औं मिनेटमा ग्लेन मुरेले गोल गर्दै ब्राइटनलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । उनले लेविस डङ्कको लामो पासलाई नियन्त्रणमा लिएर माथिल्लो बार च्याप्दै गोल गरे । त्यससँगै मुरेले ब्राइटनका लागि सयौं गोल पूरा गरे । दोस्रो हाफको ५०औं मिनेटमा मिलिभोजेभिकले पेनाल्टीमार्पmत गोल गर्दै प्यालेसलाई १–१ को बराबरी पुर्याए ।

पेनाल्टी बक्सभित्र ब्राइटनका डेभी प्रोपरले प्यालेसका एन्ड्रोस टाउनसेन्डलाई लडाएपछि घरेलु टोलीले खेलमा फर्कने अवसर पाएको थियो । तर, खेलको ७४औं मिनेटमा नकाइर्टले उत्कृष्ट गोल फर्काउँदै प्यालेसको सपना पूरा हुन दिएनन् । कुल २९ खेलबाट ब्राइटन र एक खेल बढी खेलेको प्यालेसले समान ३३ अंक बटुलेका छन् । तर, गोलअन्तरको आधारमा प्यालेस १३औं र ब्राइटन १४औं स्थानमा छन् । 

 

प्रकाशित: २६ फाल्गुन २०७५ ०२:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App