खेल

युएई विरुद्ध कप्तान पारसकाे अर्धशतक

फाइल तस्बिर

काठमाडाैं - युएई विरुद्ध जारी एकदिवसीय सिरिज अन्तर्गतको अन्तिम तथा तेस्रो एकदिवसीय खेलमा कप्तान पारस खड्काले अर्धशतक पुरा गरेका छन्। युएईले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याउने क्रममा पारसले ५० बलमा अर्धसतक पुरा गरेका हुन्। ओपनिङ व्याट्सम्यानका रुपमा आएका विनोद भण्डारी ९ रनमा आउट भएपछि व्याटिङमा आएका पारसले अर्धशतक पुरा गर्ने क्रममा ९ चौका प्रहार गरे।

नेपालले युएई विरुद्धको एकदिवसीय सिरिज जित्न २ सय ५५ रनको लक्ष्य पाएको छ। आइसिसी एकेडेमी दुबईमा जारी सिरिज अन्तर्गतको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा टस हारेर पहिले व्याटिङ गरेको घरेलु टोली युएईले  निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ५४ रन जोडेपछि नेपालले सिरिज जित्न २ सय ५५ रनको लक्ष्य पाएको हो। तीन एकदिवसीय खेलको सिरिज एक एकको बराबरीमा रहेको छ। आजको खेलको विजेताले सिरिज आफ्नो पक्षमा पार्नेछ। यसअघि भएको पहिलो खेलमा ३ विकेटको पराजय व्यहोरेको नेपालले पछिल्लो खेलमा युएईलाई १ सय ४५ रनले पराजित गरेको थियो। 

 

प्रकाशित: १४ माघ २०७५ ११:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App