खेल

आर्मीमाथि प्रदेश नं ३ को जित

पोखरा- घरेलु टोली गण्डकी प्रदेशको चुनौतीलाई पन्छाउँदै नेपाल पुलिस क्लब दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गर्दा प्रदेश नं ३ ले पनि त्रिभुवन आर्मी क्लबलाई चौथो सेटमा पराजित गर्दै क्वाटरफाईनल पक्का गर्यो । आर्मी र गण्डकी प्रदेश भने उपविजेताको रुपमा अन्तिम आठ प्रवेश गरेका छन्। 

प्रतिभा मालीको कडा स्पाईकलाई त्रिभुवन आर्मी क्लबका ब्लकरले रोक्न नसक्दा दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा प्रदेश नं ३ क्वाटरफाईनल प्रवेश गरेको हो । मंगलबारदेखि पोखरा रंगशालामा शुरु भएको प्रतियोगितामा प्रदेश नं ३ ले आर्मीमाथि ३–१ सेटले पन्छाउँदै क्वाटरफाईनलको ढोका विजेताको रुपमा खोल्यो । यद्यपी आर्मी हारले पनि अन्तिम आठ प्रवेश गरेको छ । समूह सीमा रहेको प्रदेश नं ३ र आर्मी  छन्। 

पहिलो सेट प्रदेश नं ३ ले लिदाँ १५ अंकको फरक रह्यो । सर्भिस गरेर शुरुवात गरेको प्रदेश नं ३ ले खातामा ७ अंक जोडेपछि आर्मीले बल्ल अंक जोड्न पुग्यो । २५–१० ले पहिलो सेट लिदैं क्वाटरफाईनल यात्रा सहज बनाएको प्रदेश ३ लाई भने दोस्रो सेटमा झट्का लाग्यो । खेलमा फर्किएको आर्मीले दोस्रो सेट आफनो पक्षमा पार्दा प्रदेश ३ भने १२ अंकमै सीमित रह्यो। 

तेस्रो सेट भने आर्मीले प्रतिभा मालीको टोलीलाई कडा चुनौति तेर्स्यायो । तर अन्तिम समयमा २५–२० ले लिएपछि २–१ सेटको अग्रता कायम राख्यो । अन्तिम सेट पनि मालीकै सर्भिसमा लगातार ९ अंक जोडेपछि आर्मी माथि चौथो सेट भने प्रदेश नं ३ ले आर्मीलाई २५–१४ सेटमा रोकिदियो। 

महिला भलिबलमा एकछत्र आधिपत्य जमाएको सशस्त्र प्रहरी बलले पहिलो खेल जित्न खासै मेहनत भने गरेन् । आफनै कमजोरीले अंक गुमाएको शसस्त्रले पहिलो सेट २५–३ ले लिदैं प्रदेश १ माथि दोस्रो सेट पनि २५–८ मा लियो । तेस्रो सेट पनि २५–३ मा लिदैं सशस्त्र प्रहरी बलले महिला भलिबलमा आफनो उपस्थितिलाई प्रदेश सामु बलियो देखायो । विभागीय टोली शसस्त्र महिला कपको क्वाटर सम्भव देखिदाँ नेपाल आर्मीको टोली पराजित भएपनि अन्तिम आठ सुरक्षित हुने छ । पहिलो हारले आर्मीलाई समूह उपविजेताको रुपमा क्वार्टरफाईनल यात्रा तय गर्ने छ। 

प्रदेश नं ५ ले पोखरा आगमनलाई सार्थक बनाउने क्रममा प्रदेश नं २ लाई सजिलै पराजित गर्यो । क्वाटरफाईनलको सम्भावना बलियो बनाउने क्रममा प्रदेश नं ५ ले प्रदेश नं २लाई २५–१०, २५–१४ र २५–८ को सेटले पन्छाएको थियो । अब क्वाटरफाईनल प्रवेशको लागि अन्तिम खेल भने प्रदेश नं ५ ले कर्णाली प्रदेशसँग खेल्ने छ । नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई घरेलु कोर्टमा सोझो सेटले पराजित गर्दै प्रतिष्ठाको जित निकालेको छ । नेपाल पुलिसले उदघाटन खेलमा घरेलु टोलीमाथि २५–१९, २५–२० र २५–१७ को सेटमा पराजित गर्दै क्वाटरफाईनल तय गर्यो । पुलिस र गण्डकी प्रदेश समूह डीमा छन् । दुवै टोली विजेता र उपविजेताको रुपमा क्वार्टरफाईनल प्रवेश गरेका हुन्। 

प्रतियोगितामा तीन विभागीय तथा सात प्रदेश गरी १० टोलीले प्रतिस्पर्धा उत्रिएका छन् ।  खेल लिगकम नकाउटको आधारमा प्रतिस्पर्धा गराएको छ । प्रतियोगिताको लागि राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि २० लाख रुपैयाँ उपलब्ध गराएको छ । उपलब्ध गराएको बजेटबाटै प्रतियोगिता सम्पन्न गर्नुपर्ने क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगिताको लागि ३८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले सुनाए।  

प्रतियोगितामा विजेता टोलीले नगद ३ लाख ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने छ । दोस्रो हुने टोलीलाई १ लाख ७५ हजार, तेस्रोलाई १ लाख रुपैयाँ र चौथोलाई सान्त्वना स्वरुप २५ हजार रुपैयाँ प्रदान गरिने क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ । उत्कृष्ठ विधा तर्फ बेष्ट स्पाईकर, बेष्ट सेटर, बेष्ट लिबरो, बेष्ट ब्लकर, बेष्ट सर्भर, बेष्ट प्रशिक्षकलाई नगद ५हजार सहित सम्मानित गरिने छ । उत्कृष्ठ खेलाडीलाई नगद १० हजार रुपैयाँ प्रदान गरिने प्रतियोगिताका प्रचार प्रसार संयोजक दिपकबहादुर गोदारले जानकारी दिए ।  प्रतियोगिताको उदघाटन गण्डकी प्रदेश मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका थिए। 

प्रकाशित: २ माघ २०७५ ०३:१५ बुधबार

महिला_भलिबल गण्डकी_प्रदेश