खेल

महिला फुटबल टोलीको बन्द प्रशिक्षण आइतबारदेखि

फाइल तस्बिर

काठमाडौं - पाँचौ संस्करणको साफ महिला फुटबल प्रतियोगिताका लागि राष्ट्रिय महिला टोलीले आइतबारदेखि बन्द प्रशिक्षण सुरु गर्दैछ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा यही मङ्सिर २६ गतेदेखि ३३ खेलाडीलाई बोलाएर प्रशिक्षण शुरु गरेकामा आइतबारदेखि बन्द प्रशिक्षण सुरु गर्न लागिएको टोलीका प्रशिक्षक हरि खड्काले जानकारी दिए। प्रतियोगिता आउन झण्डै तीन महिना अगाडिदेखि नै नेपालले खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न लागेकाे हो।

राष्ट्रिय टोलीका २० जना, यू–१९ का नौ र पाँचजना पूर्व राष्ट्रिय खेलाडीलाई बन्द प्रशिक्षणमा समावेश गरिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ। चौथो संस्करणको महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुँदैछ। घरेलु भूमिमा हुन लागेको प्रतियोगिता जित्ने नेपालले लक्ष्य लिएको छ। त्यसकै तयारीस्वरुप एन्फाले खेलाडीलाई तीन महिनाअघि नै बन्द प्रशिक्षणमा राखेर तयारी अघि बढाएको मुख्य प्रशिक्षक खड्काले बताए।

प्रतियोगिताका सबै खेल विराटनगरको शहीद रंगशालामा हुनेछ। महिला टिमले करिब एक महिना विराटनगरको सोही रंगशालामा अभ्यास गर्नेछ। तालिका अनुसार नेपाल समूह ‘ए’ मा परेको छ। राष्ट्रिय टोलीमा रहेका खेलाडी, उमेर समूहका खेलाडी र हालै सम्पन्न प्रधानसेनापति कपमा गरेको प्रर्दशनका आधारमा खेलाडी छनोट गरिएको मुख्य प्रशिक्षक हरि खड्काले जानकारी दिए। रासस 

प्रकाशित: २९ मंसिर २०७५ १४:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App