खेल

प्रधानसेनापति महिला फुटबल : उपाधिका लागि आर्मी र एपिएफ भिड्दै

काठमाडौं – प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको छैटौं संस्करणको उपाधिका लागि बुधबार (आज) दुई विभागिय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी र एपिएफबीच प्रतिस्पर्धा हुँदैछ।

भद्रकालीस्थित सेनाको मुख्यालयमा हुने फाइनल दिउँसो १ः३० बजेबाट सुरु हुनेछ। एपिएफ नेपाल पुलिस क्लब र आर्मी प्रदेश २ लाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन्।

एपिएफ लगातार चौंथो पटक उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रनेछ। उसले पछिल्ला २ संस्करणको फाइनलमा आर्मीलाई नै पराजित गर्दै उपाधि उचालेको थियो। त्यसैले आर्मीसामू एपिएफको वर्चस्व तोडने अवसर छ। आर्मी दोस्रो संस्करणको उपाधि जितेयता अहिलेसम्म च्याम्पियन बन्न सकेको छैन्।

यो वर्ष एपिएफ र आर्मी दोस्रो पटक आमने सामने हुँदैछन्। गएको साउनमा भएको महिला लिगमा एपिएफले आर्मीलाई पराजित गरेको थियो। प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन्।

प्रकाशित: १२ मंसिर २०७५ ०४:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App