खेल

प्राइमरी स्कुलस्तरीय जिम्न्यास्टिक प्रदर्शनी

काठमाडौं – नेपालमै पहिलो पटक प्राइमरी स्कुलस्तरीय जिम्न्यास्टिक प्रदर्शनी भएको छ । टाइम्स इन्टरनेसनल स्कुलको आयोजनामा भएको प्रदर्शनीमा विभिन्न सातवटा स्कुलका सानासाना बालबालिकाले जिम्न्यास्टिक प्रदर्शनी गरेका थिए।

शनिबार स्कुलको प्राङ्गणमा भएको प्रदर्शनीमा रोयल किन्डर क्यास्टल प्री स्कुल, रेन्बो किड इन्डरनेसनल प्री स्कुल, हार्टल्यान्ड मन्टेश्वरी बेस्ड प्री स्कुल एन्ड चाइल केयर सेन्टर, टाइम्स इलिमेन्ट्री स्कुल, किड्स गार्डेन मन्टेश्वरी स्कुल, ह्याप्पी किड्स मन्टेश्वरी प्री स्कुल र टाइम्स इन्टरनेसनल स्कुलका विद्यार्थीले जिम्नास्टिकका विभिन्न विधामा प्रदर्शनी गरेका थिए।

रोयल प्री स्कुलले ‘वेलकम पिरामिड’, रेन्बो किडले ‘फ्लोर डेमोन्स्टे«सन’, हार्टल्यान्डले ‘पोम पोम’, टाइम्स इलिमेन्ट्रीले ‘एरोब्याटिक’, किड्स गार्डेन मन्टेश्वरी स्कुलले  ‘हुला हुप’, ह्याप्पी किड्सले ‘फ्लोर डेमोन्स्टे«सन’ र टाइम्स इन्टरनेसनलले ‘मिक्स जिम्न्यास्टिक’ प्रदर्शन गरेका थिए।

कार्यक्रममा सहभागी स्कुल तथा विद्यार्थीहरूलाई प्रमुख अतिथि जिम्न्यास्टिकका राष्ट्रिय प्रशिक्षक राजेश्वरमान स्थापित र अतिथि डा. चुन्दा वज्राचार्यले मायाको चिनो प्रदान गरेका थिए।

प्रकाशित: २ मंसिर २०७५ ०३:१९ आइतबार

जिम्न्यास्टिक टाइम्स_इन्टरनेसनल_स्कुल