खेल

तेक्वान्दो संघद्वारा उपाध्यक्ष तिम्सिना र सदस्य निरौला सम्मानित

सम्मानित भएपछि उपाध्यक्ष पिताम्बर तिम्सिना र सदस्य इन्दिरा निरौला ओलम्पियन दीपक विष्ट र संगीना वैद्यका साथमा

काठमाडाैं - नेपाल तेक्वान्दो संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष पिताम्वर तिम्सिना र सदस्य इन्दिरा निरौलालाई शनिबार सम्मान गरेको छ।

सो अवसरमा उपाध्यक्ष तिम्सिनाले राष्ट्रको प्रतिष्ठा अन्तर्राष्ट्रिय जगतमा उचो बनाउन महत्वपुर्ण भुमिका खेल्दा खेल्दै पनि तेक्वान्दो संघ विवादमा पर्नु दुर्भाग्यपुर्ण भएको बताए। उनले तेक्वान्दो खेल नेपालका लागि महत्वपुर्ण भएकाले यस्तो संघलाई अनावश्यक विवादमा तानेर खेल र खेलाडीलाई अप्ठेरोमा पार्ने काम गर्न नहुने धारणा व्यक्त गरे।

उपाध्यक्ष तिम्सिनाले आफुले खेल र खेलाडीको अहित हुने कुनै पनि काम नगर्ने र खेलको विकासका लागी काम गर्ने प्रतिबद्धता व्यक्त गरे। नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङले तेक्वान्दो खेलको सफलतालाई मध्यनजर गर्दै तेक्वान्दोमा अनावश्यक विवाद निम्त्याउने काम गर्न नहुने बताए।

कार्यक्रममा राखेपका नवनियुक्त सदस्य राजेश गुरुङलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको थियो। सदस्य गुरुङ पोखरामा रहेका कारण कार्यक्रममा उपस्थित हुन सकेनन्।

प्रकाशित: १ मंसिर २०७५ १२:४९ शनिबार

राखेप सम्मान