खेल

विश्वकप फुटबलको नकआउट चरणमा कसको भेट कोसँग ?

रूस – फिफा विश्वकप फुटबल २०१८ को समूह चरणका खेल असार १४ गते रातीबाट सकिएका छन्। जेष्ठ ३१ गतेबाट सुरु भएको प्रतियोगितामा ३२ राष्ट्रको सहभागिता रहेको थियो।

३२ राष्ट्रमध्ये १६ राष्ट्र नकआउट चरणमा प्रवेश गरेका छन् भने १६ राष्ट्र समूह चरणबाटै बाहिरिएका छन्। यस पटकको विश्वकपमा साविक विजेता जर्मनी भने नकआउट चरणबाटै घर फर्किएका छन्। प्रिक्वाटरफाइनलमा प्रवेश गर्नेमा युरोपबाट १० दक्षिण अमेरिकाबाट ४ तथा उत्तर अमेरिका र एसियाबाट एक–एक टोली छन्। अफ्रिकी टोलीले भने नकआउट चरणमा स्थान बनाउन सकेनन्। 

अन्तिम १६ मा पुग्ने स्थान बनाउने राष्ट्रहरूमा उरुग्वे, रसिया, स्पेन, पोर्चुगल, फ्रान्स, डेनमार्क, क्रोएसिया, अर्जेन्टिना, ब्राजिल, स्विट्जरल्याण्ड, स्वीडेन, मेक्सिको, बेल्जियम, इंग्ल्याण्ड, कोलम्बिया र जापान छन्।

यस्तै समूह चरणबाटै बाहिरिने टोलीमा साउदी अरब, इजिप्ट, इरान, मोरक्को, पेरू, अष्ट्रेलिया, नाइजेरिया आइसल्याण्ड, सर्बिया, कोस्टारिका, दक्षिण कोरिया जर्मनी, ट्युनिसिया, पानामा, सेनेगल र पोल्याण्ड रहेका छन्।

नकआउट चरणका खेलहरूः  
असार १६ गते शनिबार, बेलुका ७ः४५ बजे (कजान एरिना रंगशाला)
समूह ‘सी’ विजेता (फ्रान्स) सँग समूह ‘डी’ उपविजेता (अर्जेन्टिना) 
असार १६ गते शनिबार राती ११ः४५ बजे (फिस्ट ओलम्पिक रंगशाला सोची)
समूह ‘ए’ विजेता (उरुग्वे) सँग समूह ‘बी’ उपविजेता (पोर्चुगल) 

असार १७ गते आइतबार, बेलुका ७ः४५ बजे (लुज्निकी रंगशाला मस्को)
समूह ‘बी’ विजेता (स्पेन) सँग समूह ‘ए’ उपविजेता (रूस) 
असार १७ गते आइतबार, राती ११ः४५ बजे (निज्नी नोभगोरोड रंगशाला)
समूह ‘डी’ विजेता (क्रोसिया) सँग समूह ‘सी’ उपविजेता (डेनमार्क) 

असार १८ गते सोमबार, बेलुका ७ः४५ बजे (समारा एरिना)
समूह ‘ई’ विजेता (ब्राजिल) सँग समूह ‘एफ’ उपविजेता (मेक्सिको)
असार १८ गते सोमबार, राती ११ः४५ बजे (रोस्टोभ एरिना सामरा)
समूह ‘जी’ विजेता (बेल्जियम) सँग समूह ‘एच’ उपविजेता (जापान) 

असार १९ गते मंगलबार, बेलुका ७ः४५ बजे (सेन्ट पिटर्सबर्ग रंगशाला)
समूह ‘एफ’ विजेता (स्वीडेन) सँग समूह ‘ई’ उपविजेता (स्वीट्जरल्याण्ड) 
असार १९ गते मंगलबार, राती ११ः४५ बजे (स्पार्टक रंगशाला मस्को)
समूह ‘एच’ विजेता (कोलम्बिया) सँग समूह ‘जी’ उपविजेता (इङ्ल्याण्ड) 

प्रकाशित: १५ असार २०७५ ०८:१३ शुक्रबार

विश्वकप फुटबलको नकआउट चरणमा कसको कोसँग