खेल

अष्ट्रेलियाकाे पेनाल्टीमा डेनमार्कसँगकाे पहिलाे हाफ बराबरी

काठमाडाैं - फिफा विश्वकप अन्तर्गत डेनमार्क र अष्ट्रेलियाबीचको पहिलो हाफको खेल एक एक को बराबरीमा सकिएको छ।

सामरा रङ्गशालामा जारी खेलमा खेलको ७ औं मिनेटमा क्रिस्टियन इरिक्सेनको उत्कृष्ट गोलमा डेनमार्कले खेलमा अग्रता बनाएको थियो। इरिक्सेनले निकोलाइ जोरगेनसेनको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए। एक गोलले पछि परेपछि आक्रामक खेल खेलेको अष्ट्रेलिया खेलको ३८ औं मिनेटमा भाग्यमानी सावित भयो। डेनमार्कका युसुफ पौलसेनले डि बक्स एरियामा हेण्ड गरेपछि अष्ट्रेलियाले पेनाल्टी प्राप्त गरेको थियो। उक्त पेनाल्टीलाई सदुपयोग गर्दै अष्ट्रेलियाका मिल जेडिनाकले गोल गरे। त्यसपछि पहिलो हाफको खेल सकिन सम्म दुवै टोलिलार्इ  गोल गर्ने केहि अवसरहरु प्राप्त भएपनि गोल हुन नसकेपछि पहिलो हाफको खेल एक एक को बराबरीमा सकिएको हो ।

प्रकाशित: ७ असार २०७५ १२:५६ बिहीबार

अष्ट्रेलियाकाे पेनाल्टीमा डेनमार्कसँगकाे पहिलाे हाफ बराबरी