खेल

नुवाकोट गोल्डकपः कास्कीबाट काठमाडौँ पराजित

नुवाकोट –  नुवाकोटमा जारी ‘नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता’को शुक्रबारको खेलमा कास्की काठमाडौँलाई हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको छ। 

बट्टारस्थित खेल मैदानमा भएको प्रतिष्पर्धामा कास्की–११ ले काठमाडौँ–११ लाई १–० गोल अन्तरले हराएको हो। कास्कीलाई विजयी गराउन खेलको पहिलो हाफको ४० मिनेटमा हेमन गुरुङले गरेको गोल निर्णायक भएको नुवाकोट जिल्ला फुटबल संघका अध्यक्ष बुद्धि प्रधानले जानकारी दिए।
 
बिहीबारदेखि शुरु भएर यही जेठ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा शुक्रबारको विजेता कास्कीले यही जेठ २० गते सशस्त्र प्रहरी क्लबसंँग प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ। जिल्ला खेलकुद विकास समिति र नुवाकोट जिल्ला फुटबल संघको संयुक्त आयोजनामा भएको प्रतियोगिताको विजेतालाई रु पाँच लाख र उपविजेतालाई रु तीन लाख पुरस्कार दिइनेछ। 

प्रकाशित: १८ जेष्ठ २०७५ १५:२० शुक्रबार

नुवाकोट गोल्डकपः कास्कीबाट काठमाडौँ पराजित