खेल

बजेट : सातवटै प्रदेशमा रंगशाला निर्माण

काठमाडौं– सरकारले स्थानीय तहसँगको सहकार्यमा सातवटै प्रदेशमा प्रदेशस्तरीय रंगशाला निर्माण गर्न बजेट विनियोजन गरेको छ। 

अन्तर्राष्ट्रिय जगतमा खेलकूद मार्फत नेपालको पहिचान विकास गर्न १८औँ एशियाली खेलकूद र १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिताको तयारी एवं पूर्वाधार निर्माण र आठाैं राष्ट्रिय खेलकूद प्रतियोगिता सम्पन्न गर्न २ अर्ब ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। 

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले बालबालिका तथा युवाहरुको शारीरिक तथा मानसिक विकासका लागि खेलकूदलाई जोड दिइने बताए। स्थानीय तहको सहकार्यमा प्रत्येक स्थानीय तहमा सम्भाव्यताको आधारमा रंगशाला, खेलमैदान, युवा क्लव तथा विचरण पार्क क्रमिक रुपमा स्थापना गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ।

प्रकाशित: १५ जेष्ठ २०७५ १२:०८ मंगलबार

बजेट सातवटै प्रदेशमा रंगशाला निर्माण