खेल

आइपीएल : दिल्लीले घरेलु मैदानमा पञ्जाबलाई १४३ रनमा रोक्यो

नयाँ दिल्ली– इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा किंग्स इलेभन पञ्जाबले दिल्ली डेयरडेभिल्ससामु १४४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

घरेलु मैदान फिरोजशाह कोटला स्टेडियममा टस जितेर पञ्जाबलाई ब्याटिङ्गमा उतारेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट लिँदै पञ्जाबलाई १४३ रनमा रोकेको हो। 

पञ्जाबका लागि करुण नैरले सर्वाधिक ३४ रनको योगदान दिए। ३१ बल खेलेका उनले ४ चौका प्रहार गरे। दिल्लीको घरेलु मैदानमा पञ्जाबको व्याटिङ्ग सुरुवातदेखि नै कमजोर रह्यो। डेभिड मिल्लरले १९ बलमा १ चौका र १ छक्कासहित २६ रन जोड्दा कप्तान केएल राहुल २३ रनमा आउट भए। मायन्क अग्रवाल २१ रनमा सीमित हुँदा युवराज सिंहले १४ रन जोडे।

बलिङतर्फ लियाम प्लेंकेटले सर्वाधिक ३ विकेट लिए। आवेश खान र ट्रेन्ट बाल्टले समान दुई विकेट लिए। डेनियल क्रिस्टनले १ विकेट लिए।

प्रकाशित: १० वैशाख २०७५ १५:५४ सोमबार

आइपीएल दिल्लीले घरेलु मैदानमा पञ्जाबलाई १४३ रनमा रोक्यो