पोखरामा जारी २४औं संस्करणको आहा ! रारा गोल्डकपको तेस्रो क्वार्टरफाइनलमा सोमबार चर्च ब्वाइज युनाइटेडले त्रिभुवन आर्मी क्लबको सामना गर्दैछ । आर्मी डिफेन्डिङ च्याम्पियन हो ।
खेल पोखरा रंगशालामा दिउँसो साढे २ बजे सुरु हुनेछ । त्रिभुवन आर्मीले सिधैं क्वार्टरफाइनलमा स्थान बनाएको हो भने चर्च ब्वाइज न्युरोड टिम (एनआरटी)लाई हराउँदै क्वार्टरफाइनलमा पुगेको हो । सोमबारको विजेताले सेमिफाइनलमा नेपाल पुलिस क्लबसँग खेल्नेछ । पुलिस युकेको ब्रिगेड ब्वाइज क्लबलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।
आइतबार भएको खेलमा मच्छिन्द्र क्लबलाई हराउँदै थ्रीस्टारले अन्तिम चारमा स्थान बनाएको छ । उसले सेमिफाइनलमा मंगलबार हुने दुई विदेशी क्लबहरु थण्डरबोल्ड नर्थ युनाइटेड र ब्लाक बुल्सबीचको अन्तिम क्वार्टरफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित: २८ माघ २०८१ १२:१६ सोमबार