ललित मेमोरियल एन्फा यू-१८ युथ लिगको पछिल्लो खेलमा मछिन्द्र फुटबल क्लब विजयी भएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको पहिलो खेलमा मछिन्द्रले चर्च ब्वाईज युनाईटेडलाई २-१ गोलले पराजित गरेको हो।
२३ औं मिनेटमा रोनिक राना मगरले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । तर सन्दीप मगरले पेनाल्टीमार्फत् चर्च ब्वाईजका लागि गोल गर्दै खेल बराबरीमा ल्याए ।
अतिरिक्त समयमा उत्तरबहादुर बुढाथोकीले गोल गरेपछि भने मछिन्द्र २-१ को कठिन जित निकाल्न सफल भयो ।
लिगमा अहिले कुमारी फुटबल क्लब र संकटा फुटबल क्लबबीच प्रतिस्पर्धा भइरहेको छ ।
प्रकाशित: ८ पुस २०८१ १५:०७ सोमबार