खेल

महिला यू-१९ विश्वकपको एसिया छनोटमा नेपालले आज थाइल्यान्डसँग खेल्दै

आइसिसी महिला यू- १९ विश्वकपको एसिया छनोटमा नेपालले आज थाइल्यान्डविरुद्ध आफ्नो पहिलो खेल खेल्दैछ। 

नेपालले थाइल्याण्डसँग खेल्दै छनोट यात्रा सुरु गर्न लागेको हो। खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ। एसिया छनोट प्रतियोगितामा नेपाल र आयोजक यूएईसहित चार टोलीले प्रतिस्पर्धा गर्नेछन्।

छनोट खेल्ने अन्य दुई टोलीमा थाइल्याण्ड र कुवेत छन्। नेपालको खेल अगाडि युएई र कुवेत खेल्दैछन्। 

प्रकाशित: २१ कार्तिक २०८१ ११:०६ बुधबार

#cricket