खेल

पहिलो टेस्टमा पाकिस्तानविरुद्ध इंल्यान्डको गतिलो जवाफ

दिनभर क्रिजमा देखिए जोए रुट

पाकिस्तानविरुद्धको पहिलो टेस्टको पहिलो इनिङ्समा इंल्यान्डले गतिलो जवाफ फर्काएको छ ।  

बुधबार तेस्रो दिनको खेलको समाप्तिमा इंल्यान्डले ३ विकेटको क्षतिमा ४९२ रन बनाएको छ । इंल्यान्ड अबमात्र ६४ रनले पछि छ र ऊसँग ७ विकेट बाँकी छ ।  

जोए रुट र हेरी ब्रुकले उत्कृष्ट पारी खेलेपछि इंल्यान्ड बलियो स्थितिमा पुगेको हो । रुट १७६ र ब्रुक १४१ रनमा नटआउट छन् । उनीहरुले चौथो विकेटका लागि २४३ रनको साझेदारी गरेका छन् । 

यसअघि एक विकेटको क्षतिमा ९६ रनबाट तेस्रो दिनको खेल थालेको इंल्यान्डका लागि ज्याक क्राउलेले ७८ र बेन डुकेटले ८४ रन बनाएका थिए । क्याप्टेन ओली पोप भने खातै नखोली आउट भएका थिए ।  

यसअघि पहिला ब्याटिङ गरेको पाकिस्तानले पहिलो इनिङ्समा ५५६ रन बनाएको थियो । क्याप्टेन शान मक्सुदले १५१, सलमान आघाले १०४, अब्दुल्लाह सफिकले १०२ र साउद सकिलले ८२ रनको योगदान गरेका थिए ।  

पाकिस्तान भ्रमणमा रहेको इंल्यान्डले तीन म्याचको सिरिज खेल्नेछ ।  

दिनभर क्रिजमा देखिए जोए रुट

इंल्यान्डका भरपर्दा ब्याट्सम्यान जोए रुट पाकिस्तानविरुद्धको पहिलो टेस्टको पहिलो इनिङ्समा बुधबार दिनभर क्रिजमा देखिए । ३२ रनबाट तेस्रो दिनको खेल थालेका उनी दिनको खेलको समाप्तिमा १७६ रनमा नटआउट छन् । यसको अर्थ उनी चौथो दिन पनि क्रिजमा देखिने छन् ।  

क्याप्टेन ओली पोप इनिङ्सको दोस्रो ओभरमा नै आउट भएपछि ३४ वर्षे रुट क्रिजमा छिरेका थिए । जुन समय दोस्रो दिनको खेलको दोस्रो सेसनको अन्तिमतिरको खेल जारी थियो । २७७ बलको सामना गरेका रुटले १२ चौका प्रहार गरेका छन् ।  

रुटले ओपनर ज्याक क्रवेसँग दोस्रो विकेटका लागि १०९ र बेन डुकेटसँग तेस्रो विकेटका लागि १३६ रनको साझेदारी गरे । हेरी ब्रुकसँग भने उनले चौथो विकेटका लागि नटआउट २४३ रनको साझेदारी गरिसकेका छन् । 

प्रकाशित: २३ आश्विन २०८१ १८:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App