खेल

बङ्गलादेशविरुद्धको पहिलो टी–२० खेलमा भारतको जित

बङ्गलादेशविरुद्धको पहिलो टी–२० खेलमा भारतले जित हात पारेको छ।

आइतवार भारतको ग्वालियरमा भएको तीन खेलको सिरिज अन्तर्गतको पहिलो खेलमा भारतले बङ्गलादेशलाई ७ विकेटले पराजित गरेको हो।

टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको बङ्गलादेशले निर्धारित ओभरमा सबै विकेट गुमाएर १ सय २७ रन बनायो। १ सय २८ रनको लक्ष्यसहित मैदान उत्रेको भारतीय टीमले जम्मा ३ विकेट गुमाएर ११ दशमलव ५ ओभरमै जित हात पार्यो।

बङ्गलादेशका लागि भने हसन मिराजले सर्वाधिक ३५ रन बनाए भने अन्य कुनैपनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्। 

भारतका लागि हार्दिक पाण्ड्याले नट आउट रहँदै सर्वाधिक ३९ रन जोडे भने सञ्जू सैमसन र सूर्य कुमार यादवले समान २९–२९ रन बनाए।

बङ्गलादेशलाई सस्तोमै समेट्न भारतका अर्शदीप सिंह र वरुण चक्रवर्तीले समाान तीन–तीन विकेट लिए।

प्रकाशित: २१ आश्विन २०८१ ०७:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App