खेल

एनपिएलः सुदूरपश्चिम रोयल्सको ‘ब्रान्ड एम्बेस्डर’मा ओलम्पियन विष्ट

नेपाल प्रिमियर लिग(एनपिएल)को फ्रेन्चाइजी टोली सुदूरपश्चिम रोयल्सको ‘ब्रान्ड एम्बेस्डर’मा ओलम्पियन दीपक विष्ट नियुक्त भएका छन्।

बिहीबार सुदूरपश्चिम रोयल्स र ओलम्पियन विष्टबीच ब्रान्ड एम्बेस्डरका लागि सम्झौता भएको हो।

ओलम्पियन विष्ट दक्षिण एसियाली खेलकुद(साफ)का चारपटकका स्वर्ण विजेता तेक्वान्दो खेलाडी पनि हुन् । उनले एसियन गेम्समा दुई पटक काँस्य पनि जितेका छन्। 

सुदूरपश्चिम रोयल्सले विष्टलाई ब्रान्ड एम्बेस्डरका रूपमा जोड्न पाउनु अत्यन्त सम्मानको कुरा रहेको बताएको छ। विष्टको वैश्विक छवि र खेलकुदसँगको लगावले नेपालका अनगिन्ती युवा खेलाडीलाई प्रेरित गर्ने पनि रोयल्सले भनेको छ।

‘तपाईँको प्रभावले सुदूरपश्चिम रोयल्स केवल खेलक्षेत्रमा मात्र नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सुदूरपश्चिमको जीवन्त संस्कृति,प्रतिभा र क्षमताको बढावा दिनेछ,’ सुदूरपश्चिम रोयल्सको फेसबुक पेजमा भनिएको छ।

प्रकाशित: १७ आश्विन २०८१ १७:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App