खेल

एसिया रग्बी सेभेन्स ट्रफीलाई इमिरेट्सको साथ

नेपालमा आयोजना हुने एसिया रग्बी सेभेन्स ट्रफीलाई फ्लाई इमिरेट्सले मुख्य प्रायोजन गरेको छ।

एसियाली रग्बीको सबैभन्दा ठूलो प्रतियोगिता एसिया रग्बी सेभेन्स ट्रफी २०२४ ले इमिरेट्सको साथ पाएको हो। यससँगै अब यस प्रतियोगिताको नाम एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ हुने भएको छ।

एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ काठमाडौंको दशरथ रंगशालामा आयोजना हुँदै छ। यो आयोजना आगामी असोज १८ र १९ गते दुई दिनसम्म सञ्चालन हुने तय छ। नेपालमा तेस्रोपल्ट एसियाली रग्बीको ठूलो आयोजना हुन लागेको हो।

एसिया रग्बी सेभेन्स यु–१८ र यु–२० का प्रतिस्पर्धा भएका थिए। एसियाली रग्बीको यस प्रतिस्पर्धामा १७ राष्ट्रले चुनौती प्रस्तुत गर्दैछन्। यस सेभेन्स ट्रफीमा पुरुषतर्फ १४ राष्ट्र र महिलामा आठ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्।

कुल चार सय ५० भन्दा धेरै खेलाडी तथा अफिसियलले यस सेभेन्स ट्रफीमा सहभागीता जनाउनेछन्। यो प्रतियोगिता एसिया रग्बीकै ठूलो प्रतिस्पर्धा एसिया रग्बी इमिरेट्स सेभेन्स सिरिज २०२५ को छनोट माध्यम पनि हो। यसै सेभेन्स ट्रफीका लागि एसिया रग्बीका अध्यक्ष कैस अल धलाई पनि नेपाल आउने भएका छन्। 

प्रकाशित: ९ आश्विन २०८१ ०८:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App