ऐतिहासिक पदक जितेकी एरिका गुरुङलाई विमानस्थलमा भव्य स्वागत गरिएको छ ।चीनको हाङ्जाउमा हालै सम्पन्न २०औँ एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक जितेकी एरिका गुरुङ आज मंगलबार स्वदेश फर्किने क्रममा त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ ।
६८ केजी माथि तौल समूहको फाइनलमा उनी भियतनामकी नाओन थि नुयेनसँग ६–० ले पराजित हुँदै रजत पदक पदक प्राप्त गरेकी हुन ।
उनले जितेको रजत पदक नेपालका लागि ऐतिहासिक हो ।एसियन कराँते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा सिनियरतर्फ नेपालले अहिलेसम्म कुनै पनि पदक जित्न सकेको थिएन ।
ऐतिहासिक पदक जितेको खुसीमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामा लगायत विमानस्थलमा पुगेका थिए ।
एरिकालाई स्वागत गर्न खेल क्षेत्रका पदाधिकारी, शुभचिन्तकहरू राष्ट्रिय झन्डा, माला, खादासहित विमानस्थल पुगेका थिए ।
तस्बिरहरू दिपेश दर्शनधारी /नागरिक
प्रकाशित: ८ आश्विन २०८१ १३:०३ मंगलबार