खेल

सामाजिक सञ्जालबाट गायब भए क्रिकेटर सन्दीप लामिछाने

क्रिकेटर सन्दीप लामिछाने फेसबुक पेज, इन्स्टाग्राम र एक्स (ट्वीटर) बाट गायब भएका छन्।

शनिबार रातिदेखि लामिछानेको फेसबुक पेज, इन्स्टाग्राम र एक्स (ट्वीटर) अकाउन्ट नदेखिने भएको हो।

अकाउन्टमा समस्या आएको हो वा उनी आफै गायब भएका हुन् भन्ने विषय अहिलेसम्म बाहिरिएको छैन।

लामिछानेको फेसबुकमा ११ लाख, इन्स्टामा तीन लाख बढी फलोअर रहेका थिए। 

लामिछाने सामाजिक सञ्जालबाट एकाएक गायब भएपछि अहिले उनी किन गायब भए भन्ने विषयले चर्चा पाइरहेको छ। 

लामिछाने यो बेला विश्वकप लिग- २ खेल्न क्यानाडामा छन् । 

प्रकाशित: ३० भाद्र २०८१ १५:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App