खेल

एन्फा महिला लिग :बागमती युवा क्लबले सुदूरपश्चिम प्रदेश हरायो

एन्फा महिला लिग फुटबलमा बागमती युवा क्लबले विजयी सुरुवात गरेको छ ।

सोमबार सम्पन्न खेलमा बागमती युवा क्लबले सुदूरपश्चिम प्रदेशलाई ५- १ गालेबाट हराउँदै विजयी सुरुवात गरेको हो ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा मध्यान्तरसम्म  बागमती युवा क्लब ३ -० गोलले अगाडि रहेको थियो ।  मध्यान्तर पछि बागमतीले थप २ गोल गर्दा सुदूरपश्चिम प्रदेशले  १ गोल फर्काएको हो ।

बागमतीको जितमा अस्मिता खवासले ह्याट्रिक गरिन् । सहारा लिम्बु र आरती भुजेलले समान १ गोल गरे । सुदूरका लागि तुलचा बाेहोराले १ गोल फर्काइन्  ।

मंगलबार चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशबिच मध्यान्ह १२ : ३० बजे तथा एपीएफ र नेपाल पुलिस क्लबबिच दिउँसो  ४ : १५ बजेदेखि खेल हुनेछ । 

प्रकाशित: १७ भाद्र २०८१ १७:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App