खेल

पेरिस ओलम्पिक फुटबल : अर्जेन्टिनालाई हराउँदै फ्रान्स सेमिफाइनलमा प्रवेश

अर्जेन्टिनालाई १-० गोलअन्तरले पराजित गर्दै फ्रान्स पेरिस ओलम्पिकअन्तर्गत पुरुष फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

शुक्रबार राति भएको खेलमा अर्जेन्टिनालाई १-० ले पराजित गर्दै फ्रान्स अन्तिम चारमा प्रवेश गरेको हो।

बोर्डेमा भएको खेलमा फ्रान्सका लागि जिन फिलिपि माटेटाले पाँचौ मिनेटमै गोल गरी अग्रता दिलाएका थिए।त्यही गोल नै फ्रान्सको जितमा निर्णायक बन्यो।

अर्जेन्टिनाले बराबरी गोल फर्काउने प्रयास गरेपनि सफल भएन। अर्जेन्टिनाका जिउलियानो सिमिओनीले गोल गर्ने अवसर सदुपयोग गर्न सकेनन्।

खलेपछि दुवै टिमका खेलाडीबीच हात हालाहाल स्थिति बनेको थियो। फ्रान्सले अब सेमिफाइनलमा इजिप्टसँग खेल्नेछ।

इजिप्टले क्वाटरफाइनलमा पारग्वेलाई पेनाल्टीसुटआउटमा ५-४ ले पराजित गरेको हो। इजिप्टका लागि सुटआउटमा पाँचै खेलाडीले गोल गरेका थिए। पाराग्वेका पेरेज गोल गर्न असफल रहे।

निर्धारित समयम १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टीसुटआउटमा पुगेको थियो।यसैगरी स्पेन र मोरक्को पनि सेमिफाइनल प्रवेश गरेका छन्।

स्पेनले जापानलाई ३-० ले हरायो। स्पेनका लागि फर्मिन लोपेजले दुई तथा अबेल रुइजले एक गोल गरे।

जितसँगै सेमिफाइनल प्रवेश गरेको फ्रान्सले फाइनल प्रवेशका लागि इजिप्टको सामना गर्नेछ। इजिप्ट पाराग्वेलाई पेनाल्टी सुटआउटमा ५-४ गोलअन्तरले पराजित गर्दै सेमिफाइनल पुगेको हो। अर्को सेमिफाइनल खेल स्पेन र मोरोक्कोबीच हुनेछ।

प्रकाशित: १९ श्रावण २०८१ ०९:०२ शनिबार

#France Euro Cup 2024 #france #Argentina