खेल

पेरिस ओलम्पिकमा हिट चरणबाटै बहिरिन पौडीकी डुवाना

डुवाना लामा पेरिस ओलम्पिक– २०२४ आन्तर्गत पौडी खेलको हिट चरणबाटै बाहिरिएकी छन्।

डुवाना २०० मिटर फ्रि–स्टायलको हिट चरणमै सातौं स्थानमा रहिन्। समग्रमा भने उनी ३० औं स्थानमा रहिन्। उनले दुई मिनेट २०.७४ सेकेन्डमा यो दूरी पार गरिन्। १६ खेलाडीले हिट चरण पार गरेका थिए। 

यससँगै तीन नेपाली खेलाडीको ओलम्पिक यात्रा समाप्त भएको छ। यसअघि टेबलटेनिसका स्यान्टु श्रेष्ठ र सुटिङकी सुम्मिता नेपाल पहिलो चरणबाटै बाहिरिएका थिए। वाइल्ड कार्डमार्फत डुवानाले पेरिस ओलम्पिकको यात्रा तय गरेकी हुन्।

त्यस्तै अब ओलम्पिकमा जुडोकी मनिता श्रेष्ठ प्रधान, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र पौडीका एलेक्स शाहले आ आफ्नो खेल खेल्न बाँकी छ। 

प्रकाशित: १३ श्रावण २०८१ १८:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App