खेल

आईपीएलमा आज चेन्नई र लखनउ भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज चेन्नई सुपर किङ्ग्स र लखनउ सुपर जाइन्ट्सबीच खेल हुँदैछ।

लखनउमा आजको खेल साँझ ७ः४५ बजेबाट सुरु हुनेछ।

ऋतुराज गायक्वाडको कप्तानीमा रहेको चेन्नई आजको खेलमा जित निकाल्दै अङ्क तालिकामा माथि उक्लिन चाहन्छ भने लखनउ पनि आफूलाई अङ्क तालिकामा माथि उकास्ने प्रयासमा रहने छ।

हालसम्म ६ खेल खेलेको चेन्नई ४ खेलमा जित हात पारेर ८ अङ्काका साथ अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ भने समान खेल खेलेको लखनउ ३ खेलमा जित हात पारेर अङ्क तालिकाको पाँचौ स्थानमा रहेको छ।  

प्रकाशित: ७ वैशाख २०८१ ११:२४ शुक्रबार

इन्डियन प्रिमियर लिग आईपीएल लखनउ सुपर जाइन्ट्स क्रिकेट चेन्नई सुपर किङ्ग्स