खेल

फुटबलमा कौटिल्यलाई सफलता

कौटिल्यले आइतबार आठौं अर्किड कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा सफलता हात पारेको छ।

कौटिल्यले प्रीतिमालाई ३–० गोलले पराजित गर्‍यो। कौटिल्यका अनिश खड्काले २ तथा सुमन लामाले १ गोल गरे। प्रीतिका श्रीसब डोटेल ‘म्यान अफ दी म्याच’ घोषित भए।

काँडाघारीस्थित अर्किड प्युपल स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा मिलन धर्मस्थली र युनाइटेड युनिभर्सल विजयी भए। मिलन धर्मस्थलीले विद्या आर्जनलाई १–० गोलले हरायो।  

अर्णव घलेले निर्णायक गोल गरे। विद्या आर्जनका युसन खड्का ‘म्यान अफ दी म्याच’ चुनिए। न्यु स्टार पोलविरुद्धको खेलमा युनाइटेड युनिभर्सल २–० गोलले विजयी भयो।

विजयी टोलीका लागि सफल बुढाथोकीले १ गोल गरे भने अर्को गोल आत्मघाती थियो। न्यु स्टारका योयल मल्ल ‘म्यान अफ दी म्याच’ बने। सोमबार ७ खेल हुनेछन्।

प्रकाशित: ७ फाल्गुन २०८० ०७:३९ सोमबार

आठौं अर्किड कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिता कौटिल्य प्रीतिमा