खेल

रेडिअन्ट पब्लिक सेमिफाइनलमा

रेडिअन्ट पब्लिक शनिबार दशौं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर ब्वाइजतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।

स्वयम्भूस्थित आयोजक द एक्सेल्सियर स्कुलको कोर्टमा रेडिअन्टले एनआइसी एकेडेमीलाई ४८–२४ ले पराजित गर्‍यो। रेडिअन्टका रोहित चौधरीले २० अंक जोडे। सिनियर ब्वाइजमै ग्रिनफिल्डले स्वर्णिमलाई २६–१७ ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गर्‍यो।

ग्रिनफिल्डका अर्जुन बस्नेतले १० अंक जोडे। सेमिफाइनलमा ग्रिनफिल्डको भेट जेनिथसँग हुनेछ भने रेडिअन्टले पुष्पसदनको सामना गर्नेछ। सिनियर गल्र्समा रिब्सले रेडिअन्ट पब्लिकलाई १३–११ तथा संस्कृतिले स्वर्णिमलाई १८–८ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे। रिब्सकी सुप्रिया मल्लले ४ तथा संस्कृतिकी एन्जल शाहीले ८ स्कोर गरे। सेमिफाइनल रिब्स र आयोजक एक्सेल्सियर तथा संस्कृति र काष्ठमण्डपबीच भिडन्त हुनेछ।

द एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यु–१२ मा बृहस्पति विद्या सदनले सेक्रेड हार्टलाई १–०, द चाँदबागले एलआरआईलाई ४–०, रेडिअन्ट पब्लिकले रिब्सलाई १–० तथा मोर्डन इन्डियन स्कुलले किड्स लर्निङलाई टाइब्रेकरमा ३–२ गोलले पराजित गरी सेमिफाइनल यात्रा तय गरे।

यु–१३ मा रेडिअन्ट पब्लिकले निसर्ग वाटिकालाई २–०, निर्भाना एकेडेमीले चाँदबागलाई ३–०, काष्ठमण्डपले सेक्रेड हार्टलाई ४–० र बृहस्पतिले न्यु एरालाई ३–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाए।

यु–१६ मा ग्रिनफिल्डले चेल्सी वल्र्ड स्कुललाई ५–१, काष्ठमण्डपले एक्सेल्सियर ‘पहेंलो’ लाई ६–०, न्यु एराले संस्कृतिलाई ४–१ र एक्सेल्सियर ‘रातो’ ले निसर्ग वाटिकालाई ४–१ ले पाखा लगाउँदै सेमिफाइनलमा स्थान पक्का गरे।

प्रकाशित: २१ माघ २०८० ०७:३० आइतबार

रेडिअन्ट पब्लिक द एक्सेल्सियर स्कुल