खेल

एक हप्ताकाे अवधिमा म्यानचेस्टर सिटीसँग आर्सनल दोस्रो पटक पराजित

लन्डन – म्यानचेस्टर सिटीले इङलिस प्रिमियर लिग फुटबलमा १६ अंकको अग्रता कायम गरेको छ। बिहीबार राति आफ्नै मैदानमा सम्पन्न खेलमा आर्सनल शिर्ष स्थानको म्यानचेष्टर सिटीसँग ३–० ले स्तब्ध बनेको हो।

सिटीको जितमा १५ औं मिनेटमा बर्नार्डो सिल्भा, २८ औं मिनेटमा डेभिड सिल्भा र ३३ औं मिनेटमा लेरोए सानेले गोल गरेको थिए। आर्सनल गएको आइतबार सम्पन्न काराबाओ कप फुटबलको फाइनलमा पनि सिटीसँग पराजित हुदै उपबिजेतामा चित्त बुझाउन बाध्य भएको थियो। गएरातिको खेलमा आर्सनलले सोही हारको बदला लिन सकेन्।

जितपछि म्यानचेस्टर सिटीको २८ खेलबाट ७५ अंक भएको छ। समान खेलबाट ५९ अंक जोडेको म्यानचेष्टर युनाइटेड दोस्रो, ५७ अंक जोडेको लिभरपुल तेस्रो तथा ५५ अंकका साथ टोटेनह्याम चौथौं स्थानमा छ।

प्रकाशित: १८ फाल्गुन २०७४ ०५:०३ शुक्रबार

हप्ताकाे अवधिमा म्यानचेस्टर सिटीसँग आर्सनल दोस्रो पटक पराजित